तौल कम गर्न प्लास्टिक सर्जरी गराउदा २१ वर्षिया नायिकाको मृत्यु

Posted on: 17 May, 2022

जेठ ३, काठमाडौँ | एजेन्सी | कन्नड टिभी अभिनेत्री चेतना राजको निधन भएको छ । २१ वर्षकी चेतनाले बेंगलुरुको एक नीजि अस्पतालमा अन्तिम सास फेरिन् । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केही दिन अघि उनले तौल कम गराउने प्लास्टिक सर्जरी गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन भयो ।


आमा–बुवालाई नभनी शल्यक्रियाः

रिपोर्टलाई विश्वास गर्ने हो भने उनले आफ्नो शल्यक्रियाबारे आमा–बुवालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी थिइन् ।

डाक्टरले लापरवाही गरेको आरोपः

शल्यक्रियापश्चात् नायिकाको शरीरमा केही समस्या हुन थाल्यो र उनको फोक्सोमा तरल पदार्थ जम्मा हुन थाल्यो । यसैका कारण उनको निधन भयो । नायिकाका आमाबुवाले डाक्टरले लापरवाही गरेको आरोप लगाए र अस्पतालको प्रशासनविरुद्ध उजुरी पनि दर्ता गरे ।

कसरी भयो नायिकाको मृत्यु ?

चेतनाको मृत्युबारे उनका ठूलोबुवाले जानकारी दिएका छन् । नायिकाका ठूलोबुवा राजप्पाले भने, ‘उनी मेरा भाइकी छोरी थिइन् । उनी कन्नड टेलिसिरियलमा काम गर्थिन् । कसैले उनलाई उनी मोटी देखिएको र तौल कम गर्नुपर्ने भनिदिएछ त्यसैले उनी आफ्नो बढेको बोसो कम गर्नका लागि शेट्टी अस्पताल पुगिन् ।’

उनी थप्छिन्, ‘अस्पतालमा आइसीयू थिएन र शल्यक्रिया भइसकेको थियो । शल्यक्रियापछि उनको फोक्सोमा पानी जम्मा हुन थाल्यो । त्यसपछि उनले चेतनालाई नजिकैको अर्को अस्पतालमा सारे । तर अस्पताल पुग्ने बित्तिकै डाक्टरले चेतनालाई मृत घोषणा गरिदिए ।’

चेतनाको कुरा गर्ने हो भने कन्नड टिभी इन्डष्ट्रिका एक चर्चित नायिका थिइन् । उनले थुप्रै टिभी शोमा काम गरेर आफ्नो विशेष पहिचान बनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!