नेपालमा कोरोनाबाट निको हुनेभन्दा संक्रमित हुने बढी, एक जनाको मृत्यु

Posted on: 04 May, 2022

वैशाख २१, काठमाडौं | पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७३ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको हो ।

त्यसैगरी, एक हजार ४४८ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि भएको छैन । मन्त्रालयका अनुसार २४ घण्टामा १८ जना सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ ।

लामो समयपछि कोरोनाबाट एक जनाको मृत्यु भएको हो । अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।अहिले देशभर सक्रिय सङ्क्रमित २१७ जना  छन् ।त्यस्तै, पछिल्लो २४ घण्टामा तीस हजार ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!