बुस्टर डोज खोप फरक फरक लगाउँदा कस्तो असर पर्छ ? विज्ञहरुको यस्तो छ सुझाव

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | सरकारले फ्रन्टलाइनर, ६० वर्षमाथि र दीर्घरोगीलाई कोरोनाविरुद्धको बुस्टर खोप दिने क्रम जारी छ । काठमाडौँ उपत्यकामा कोरोनाविरुद्धको भेरोसेल खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेका मध्य केहीले बुस्टर डोज लगाए । तर, काठमाडौं उपत्यकामा भेरोसेल खोप अभावमा बुस्टर जोडको प्राथमिकतामा परेको समूहका धेरैले अभियान सुरु गरेको दुई दिनपछि लगाउन पाएका छैनन् । 

यसअघि सरकारले बुस्टर डोज लगाउने लक्षित समूहलाई पहिला दुवै मात्रा जुन खोप लगाइएको हो त्यही लगाउन निर्देशन दिइएको थियो । बुस्टर डोज दिनका लागि भेरोसेल खोप अभाव भइरहँदा खोप सल्लाहकार समितिले भने पछिल्लो समय सरकारलाई भेरोसेल दुवै मात्रा लगाउनेलाई कोभिशिल्ड, फाईजर, मोडर्ना, लगाइदिन सुझाब दिएको परिवार कल्याण महाशाखा अन्र्तगतको खोप शाखाका एक अधिकारीले बताए । 

 खोप सल्लाहकार समितिले यस्तो सुझाव दिएपनि  सरकारले निर्णय गरिसकेको छैन भने छलफलकै क्रममा रहेको बताइएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!