यी हुन् कोरोना संक्रमित संख्या धेरै भएका नाै देश

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | पछिल्लो समय विश्व नै कोरोना भाइरसको चपेटामा परेको छ । चीनबाट सुरु भएको कोरोना महामारीे विश्वभर नै फैलिएको छ । विश्वका ३६ करोड २१ लाख ३० हजार ४२३ मानिसमा कोरोना संक्रमण भइसकेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित गरेको सूची अनुसार अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी  ७  करोड  ९  लाख ९ हजार ५२७ जना  कोभिड १९ संक्रमित भएका छन्।

त्यसपछि दोस्रोमा भारतका ४ करोड ८५ हजार ११६मा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी ब्राजिल मा २ करोड ४५ लाख ६० हजार ९३, फ्रान्समा १ करोड ७८ लाख ४८ हजार २९१, बेलायतमा १ करोड ६२ लाख  ६० हजार ८८२मा कोरोना संक्रमण भएको छ । 

त्यसैगरी टर्कीमा १ करोड ११ लाख ६७ हजार ९२७ मानिस कोरोना संक्रमित हुँदा रुसमा १ करोड ११ लाख २९ हजार ३१८मा संक्रमण पुष्टि भएको छ । इटालीका १ करोड ३ लाख ८३ हजार ५६१लाई संक्रमण भएको छ  । स्पेनका ९५ लाख २९ हजार ३२० जना कोरोनाबाट संक्रमित भएको जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!