९ सय ११ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

Posted on: 12 Sep, 2021

भदौ २७, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा लगातार आज दोस्रो दिन पनि १ हजारभन्दा कम संक्रमित फेला परेका हुन् । शनिबार ९९४ जना संक्रमित थपिएका थिए । हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यही अवधिमा १४२३ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ । कोभिड–१९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु हुनेको कूल संख्या १० हजार ९४९ रहेको छ । पछिल्लो २४ घण्टामा थप १० हजार ४४९ जनाले खोप लगाएका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!