विदेश जाने नागरिकले अब प्रहरी र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने

Posted on: 26 Jul, 2021

साउन ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर उनीहरुले खाप लगाउन सकिने जानकारी गराएको हो । विदेश जाने श्रमिक र विद्यार्थीले उक्त खोप केन्द्रमा गएर भेरोसेलको खोप लगाउन पाउने स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने मन्त्रालयको जनाएको छ । सरकारले काठमाडौंको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई स्थायी खोप केन्द्रको रुपमा स्थापना गरेको छ । उक्त खोप केन्द्रमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा तोकेको लक्षित समूहले खोप लगाउन सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!