पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ को मृत्यु

Posted on: 19 Jun, 2021

असार ५, काठमाडौँ | पछिल्लो २४ घण्टामा ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त हुँदा ३४ जनाले ज्यान गुमाएका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ६३५(पीसीआर) र २५ हजार ५७४ (एन्टिजेन) जना पुगेको छ । यस्तै हालसम्म ५ लाख ५३ हजार ३४२ जना संक्रमण मुक्त हुदा मृतकको कुल संख्या ८ हजार ६७५ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!