८८ प्रतिशत संक्रमित सङ्क्रमणमुक्त

Posted on: 15 Jun, 2021

असार १, काठमाडौँ (रासस) । पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ ।

 पछिल्लो २४ घन्टामा १३ हजार २९० नमूना परीक्षण गर्दा दुई हजार ७४५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४९ नमूनाको पिसिआर परीक्षण गर्दा एक हजार ६८१ र पाँच हजार ८४१ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालका कोरोना सङ्क्रमण हुनेको संख्या छ लाख १२ हजार २०२ पुगेको छ । ती मध्ये पाँच लाख ४० हजार ४३९ जना सङ्क्रमणमुक्त भएको छन् । जुन कुल संक्रमितको ८८.३ प्रतिशत हो ।

 आज चार हजार १८६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट ४१ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट आठ हजार ५०६ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!