कोभिड दोस्रो लहरबाट हुम्लाका सबै गाउँपालिकामा असर

Posted on: 07 Jun, 2021

जेठ २४,  हुम्ला (रासस) । कोभिड –१९ को दोस्रो लहरबाट सातवटै गाउँपालिकामा असर गरेको छ । जिल्लाका गाउँपालिकामा पिसिआर र एन्टिजेन विधिबाट एक हजार १५५ जनामा परीक्षण गर्दा हालसम्म १६६ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । 

सञ्चो हुने ९३  जना, एक जनाको जिल्ला अस्पतालबाट रिफर र एक जनाको मृत्यु भएको जनाइएको छ ।  त्यस्तै कोरोना पोजेटिभबाट सक्रिय संख्या ७३ छ । 

 रेडक्रसद्वारा जिल्ला स्वास्थ्य कार्यालयलाई मास्क 

 नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले हुम्लालाई २० हजार पाँच सय थान मास्क हस्तान्तरण गरेको छ । जिल्लाका स्वास्थ्यकर्मीलाई पाँच हजार, १० उपशाखा कार्यालयलाई एकएक हजार, सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई एकएक सय र  स्वयंसेविकालाई केही मास्क वितरण गरिएको  रेडक्रसका सभापति गणेशबहादुर महतले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!