महानगरले लगायो आरके स्वीट्समा ताला

Posted on: 06 Jun, 2023

जेठ २३, काठमाडौं |  काठमाडौं महानगरपालिकाले भोटाहिटीमा रहेको आरके स्विट्समा ताला लगाएको छ । महानगरका सूचना अधिकारी बसन्त आचार्याले जमिन मुनिको तलामा कि त पार्किङ गर्नुपर्ने कि त गोदाम राख्नुपर्ने भएपनि सोही ठाउँमा मिठाइ पसल सञ्चालन गरेकाले ताला लगाएको बताए ।


उनले भने, ‘त्यस्तो ठाउँमा मानिसहरुलाई राखेर ख्वाउँदा सफोकेसन हुन्छ । हामीले पहिलेदेखि नै हटाउँन भनेका थियौ । केही समय ताला लगाएर फेरि खोलेको पाइयो ।’

तर महानगर प्रहरीले सो स्वीट्सको किचन फोहोर भएको भन्दै सञ्चालकलाई जनताको स्वास्थयसँग नखेल्न भनेको बताइन्छ ।

स्टोर छ भने स्टोर प्रयोग गर्ने, गोदाम प्रयोग गर्ने, तपाईंको किचन हेर्नुस् त मान्छे जनावर हो र त्यस्तो फेहोर खानलाई भन्दै सञ्चालकलाई नगर प्रहरीले सम्झाएको थियो । तर सञ्चालकले कसैको सम्पति नभइ व्यक्तिगत सम्पत्ति भएको भन्दै प्रहरीलाई जवाफ फर्काएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!