पूर्वमन्त्री गोकर्ण बिष्टको पालिकामा कांग्रेसको सानदार जित

Posted on: 18 May, 2022

जेठ ४, गुल्मी । पूर्वमन्त्री गोकर्ण बिष्टको आफ्नै पालिका इस्मा गाउँपालिकामा नेपाली कांग्रेसले सानदार जित हासिल गरेको छ । गठबन्धनबाट नेपाली कांग्रेसका भगत सिह खड्का गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा खडकाले ५ हजार ५ सय ८९ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिरा एसीले ५ हजार ४ सय ६४ मत प्राप्त गरे । पालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै अधिवक्ता पार्वती कुँवर बिजयी भएकी छन् । उपाध्यक्ष कुँवरले ५ हजार ९ सय ९ मत ल्याएर बिजयी बन्दा उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकि बिमला खत्रीले ५ हजार १ सय २१ मत प्राप्त गरिन् ।

३० बर्ष देखि एमालेको लाल किल्लाका रुपमा चिनिदै आएको गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने इस्मा गाउँपालिकामा नेपाली कांग्रेसले ऐतिहासिक जित निकालेको हो । ६ वडा रहेको इस्माको १,२,५ र ६ वडामा नेपाली कांग्रेस बिजयी भएको छ भने ३ र ४ वडामा नेकपा एमालेले बिजयी भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!