गुल्मी लोकतारा सिजन २ वैशाख १५ देखि

Posted on: 20 Apr, 2019

बैशाख ७, गुल्मी । लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाले ‘गुल्मी लोकतारा २०७६ सिजन २’ सञ्चालन गर्ने भएको छ ।

सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगिता यही वैशाख १५ गतेदेखि सुरु हुने छ । यो प्रतिस्पर्धीका लागि उमेरको हदबन्दी तोकिएको छैन, तर एल्बम निकालेका कलाकारहरुले भने प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाका अध्यक्ष जनक पन्थले यो प्रतियोगिता अवसर नपाएकाहरुलाई प्रतिभा देखाउने ठाउँ हुने बताए ।

कार्यक्रम संयोजक बसन्त खत्रीका अनुसार प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँसहित कप तथा प्रमाणपत्र पाउने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!