ठाँटीपोखरीमा शुरु भयो लिगलिग पालुङटार नेवा: होम स्टे

Posted on: 18 Nov, 2018

मनोज पराजुली, मंसिर २, गोरखा । पालुङटार नगरपालिकाको वार्ड न ५ ठाँटीपोखरीको जौवारी टोलमा लिगलिग पालुङटार नेवा: होम स्टेको शुरुवात भएको छ । ठाँटीपोखरी नेवा : देय् दबुको सहकार्य र लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी प्रा.लिको व्यवस्थापनमा होम स्टे कार्यक्रमको उद्घाटन गरिएको हो । 


स्थानीय ८ नेवार समुदायको पक्कि घरहरुलाई सझावट गरि होम स्टेको शुरुवात गरिएको हो । पालुङटार क्षेत्रको पर्यटन प्रवर्धन गर्नको लागि "Sharing Home, sharing Happiness"भन्ने नाराका साथ होम स्टेको अवाधरणा ल्याईएको  लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनीका संचालक किरण गिरीले जानकारी दिए । यस होम स्टेबाट आर्जन भएको रकम मध्ये लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट कम्पनी र  ठाँटिपोखरी नेवा : देय् दबुले १०/१० प्रतिशत र स्थानीय समुदायले ८० प्रतिशत लिने सहमति गरि काम शुरु गरिएको कम्पनीका संचालक किरण गिरीले जानकारी दिए । पाहुनाहरुको आवमनसंगै होम स्टेलाई प्रवर्धन र विकास गर्दै लैजाने सोच गरिएको गिरीले बताए । स्थानीय समुदायका मानिसहरुलाई ट्रेनिङ दिने, नेवार परिकार बनाउने तालिम दिलाउने र अन्य होम स्टेहरुको अवलोकन भ्रमण मार्फत उनीहरुको क्षमता विकास गर्ने कार्यक्रम रहेको गिरीले बताए ।

लिगलिग पालुङटार नेवा: होम स्टे पालुङटारको पहिलो होम स्टे हो । होम स्टे कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख दीपक बाबु कंडेलले होम स्टे संचालनमा आएसंगै पालुङटार क्षेत्रको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताए । पालुङटारमा आउने आन्तरिक तथा बाहय पर्यटकलाइ नेवा; होम स्टे मार्फत सेवा, सुबिधा उपलब्ध गराउन सहयोग मिल्ने बताए ।

पालुङटार नगरपालिका भित्रै रहेकोले पनि शहरभित्रै होटलको विकल्पको रुपमा पनि विकशित गर्दै लैजान सकिने वडा नम्बर ५ का अध्यक्ष दिपक पाण्डेले जानकारी दिए । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख ई दीपक बाबु कंडेल, नगर उप प्रमुख श्री पम्फा बसेल, ५ नम्बर वडा अध्यक्ष दीपक पाण्डे, वडा नम्बर ९ अध्यक्ष भेजराज पाण्डे, इलाका प्रहरी कार्यालयका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!