गोरखामा मिनीट्रक दुर्घटना : एक जनाको मृत्यु, ७ मध्ये ३ गम्भीर घाइते

Posted on: 13 Mar, 2023

फागुन २९, गोरखा | गोरखा बजारमा सोमबार दिउँसो १ बजे भएको मिनीट्रक दुर्घटनामा एकको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

मृतकको आफन्त सम्पर्कमा आउँदै गरेकाले अहिले उनको नाम अहिले सार्वजनिक गर्न नसकिने डीएसपी लीलाराज लामिछानेले बताए । दुर्घटनामा बर्दिया घर भएका मंगल चौधरी, दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखामा कार्यरत विष्णु खड्का, ठेगाना नखुलेका बुद्धि नेपाली गम्भीर घाइते छन् । उनीहरु तीनैजनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


अन्य घाइतेहरुमा सहिदलखन गाउँपालिका-७ की रमला रानामगर र लालबहादुर गुरुङ, गोरखा नगरपालिका १० छेपेटारकी सावित्री बिक, सहिद लखनकै नारायण भुजेल रहेका छन् । उनीहरुको गोरखा अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक गोरखा बजारको बिसौनी मोडबाट पल्टेर जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्म पुगेको थियो । आरुघाटबाट तरकारी लगायतका सामान लिन मिनीट्रक धनी उमेश श्रेष्ठ गोरखा बजार आएका थिए । उनी आफैँले चलाएको सो ट्रक दुर्घटना भएको थियो । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान भएपनि थप जानकारी नभएको डीएसपी लामिछानेले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!