गोरखाबाट प्रतिनिधिसभाको एमाले उम्मेदवारमा चक्रे–मिलन सहित तीन जनाको नाम सिफारिस

Posted on: 04 Sep, 2022

भदौ १९, काठमाडौँ | एमाले गोरखाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ (चक्रे मिलन) सहित तीन जनाको नाम सिफारिस गरेको छ । 

क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतबार सकिएको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।चक्रे विगतमा विवादास्पद गतिविधिहरुमा संलग्न रहँदै आएका थिए । ठमेल क्षेत्रमा  व्यावसायिक प्रभाव जमाउन धन बलको पहुँच बनाएका उनलाई एमालेले सिफारिस गरेकाे हाे । 


‘सिफारिस नै भएको भन्न त मिलेन । आकांक्षा भएका साथीहरुको नामलिष्ट जिल्लामा आइसकेपछि हेरेर अघि बढाउछ’, एमाले गोरखा जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले भने, ‘भोलि जिल्लामा आइसकेपछि बैठकबाट छलफल गरेर र आवस्यक राय सुझाव लिएर प्रदेशमा पठाइन्छ ।’ यस्तै प्रदेश सभा क्षेत्र (क) मा राजु राना, वसन्तकुमार श्रेष्ठ, गम्भीरा बराकोटी सिफारिस भएका छन् । प्रदेश सभा क्षेत्र (ख) मा कमल दानी र वसन्त गुरूङको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!