गाेरखामा माओवादी कार्यकर्ता कुटिए

Posted on: 12 May, 2022

वैशाख २९, गाेरखा | स्थानीय तहकाे निर्वाचनकाे माैन अवधिका बेला गाेरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएकाे छ । अजिरकोट गाउँपालिका-१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएकाे हाे ।

उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको प्रहरीले जनाएको छ ।

कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरुमाथि आक्रमण गरेकाे दाबी माओवादीले गरेकाे छ ।

माओवादी वडाध्यक्ष मनोज गुरुङका अनुसार बुधबार साँझ खाना खाने तयारी भइरहेका बेला एक्कासी ढुंगा, चिरपट लगायत प्रयोग गरेर आक्रमण भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!