धादिङ-गोरखामा बूढीगण्डकीको मुआब्जा: केलाई कति मूल्य ?

Posted on: 05 Apr, 2022

चैत २२, काठमाडौँ । सरकारले धादिङ र गोरखाको सिमानामा बन्ने जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको लागि प्रभावित दुवै जिल्लाका वासिन्दालाई बोटबिरुवादेखि घर, गोठ र खोरको समेत मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको छ । धादिङ र गोरखाका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले आज सूचना जारी गरेर मुआब्जाका लागि निवेदन दिन आह्वान गरेका छन् ।

धादिङ र गोरखाका साविकका २७ गाविसले मुआब्जा पाउनेछन् । जसमा धादिङका १३ र गोरखाका १४ जिल्ला बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावमा छन् ।

जिल्ला प्रशासन कार्यालयहरुले घर गोठ लगायतका भौतिक संरचना, रुख, फलफूल र बोटबिरुवाहरुको मुआब्जा निर्धारण गरेका छन् । मुआब्जा दिँदा बोटबिरुवा र संरचनालाई आधार मानेर दिने  सूचनामा उल्लेख छ ।

हेर्नुहोस् मूल्यसूचि सहितको सूचना


यस बिषयमा तपाइको प्रतिक्रिया...!