इ-पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै यसरी पाइन्छ

Posted on: 31 Jan, 2022

माघ १७, काठमाडौँ । तपाईँ ई-पासपोर्ट अथवा विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ ? पासपोर्ट बनाउनको लागि अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? त्यसो हो भने राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ । 

राष्ट्रिय परिचयपत्रका लागि सरकारले सञ्चालन गरेको अभियानमा आफ्नो विवरण दर्ता गरेर पनि राष्ट्रिय परिचयपत्र नम्बर नपाएका नागरिकका लागि एसएमएसबाट नम्बर पाउने सुविधा सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले हालै औपचारिक रुपमा यो सेवा सञ्चालनमा ल्याएको छ ।

यदी तपाईंले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गर्नुभएको छ र राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नगरेको कारण आफ्नो काम रोक्नुभएको छ भने एसएमएस सेवा लिन सक्नुहुन्छ । एसएमएस सेवा लिनको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गई N<space> १६ अङ्कको आवेदन नम्बर टाइप गरी 30001 मा म्यासेज गर्नसक्नुहुन्छ । उदाहरणका लागि तपाइको आवेदन नम्वर 1616161616161616 छ भने N 1616161616161616  टाइप गरी 30001 मा म्यासेज गर्नुपर्छ ।

तपाइले म्यासेज गरेपछि तपैले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलमै प्राप्त गर्न सक्नुहुन्छ । यदी नम्बर प्राप्त नभएमा एकपटक आफूले हानेको नम्बर पुन: चेक गर्नुपर्छ । सबै कुरा ठिक हानेको छ तर पनि आफ्नो परिचय पत्र प्राप्त नभएमा विभागको ह्वाट्सएप नम्बरमा सम्पर्क गर्नुपर्छ । जसको लागि बागमती र गण्डकी प्रदेशका नागरिकहरुले ९८५१३१६०३४, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुले ९८५१३१६०३५ मा आफ्नो कन्फर्मेसन पेज, रसिद वा म्यासेज गर्दा पाएको रेस्पोन्सको स्क्रिन शट पठाउनु पर्ने हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!