साउदीमा नेपाली श्रमिकले रोजगारदाता परिवर्तन कसरी गर्ने ? हेर्नुहोस् तरिका

Posted on: 12 Aug, 2021

साउन २८, काठमाडौँ । साउदी अरेबियाले ‘श्रम सम्बन्धी सुधार पहल’कार्यक्रम १४ मार्चदेखि लागूगरी श्रम सम्बन्धी कानूनमा सुधार गरेपछि नेपाली श्रमिकले फाइदा लिन थालेका छन्। 

नयाँ प्रावधान अनुसार साउदीमा रहेका नेपालीलगायत विदेशी श्रमिकले मन नपरेको खण्डमा सहजै रोजगारदाता परिवर्तन गर्न र देश छोड्न पाउने नियम लागू भएको थियो। 

यो नियम लागू भएपछि नेपालीलगायत विदेशी श्रमिक अवैधानिक हैसियतबाट जोगिएका छन्। तर, यसका लागि श्रमिकले केही सर्त भने पालना गर्नुपर्ने नियम छ। 

यो नियम के हो ? र, यसको प्रकृया के हुन्छ भन्ने विषयमा सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (CMIR)ले ‘प्रवासी सूचना साथी’ को नामबाट एउटा जानकारीमुलक सूचना सार्वजनिक गरेको छ। जुन जानकारी यस प्रकार रहेको छ:


यस बिषयमा तपाइको प्रतिक्रिया...!