गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जाँदा यस्ता समस्या आईलाग्न सक्छन्

Posted on: 10 Jan, 2021

सास | नेपालबाट वैदेशिक रोजगारमा जाने कसैले पनि गैरकानुनी बाटो प्रयोग गर्नु हुँदैन । भिजिट भिसामा गई सम्बन्धित देशमा काम गर्ने उदेश्यले जानु पनि गैर कानुनी बाटो हो । त्यस्तै वैदेशिक रोजगारमा पठाउने अनुमति नपाएको व्यक्ति मार्फत व्यक्तिगत श्रम स्वीकृति लिएर चर्को पैसा तिरेर पनि वैदेशिक रोजगारमा जानु हुँदैन ।

त्यस्तै आकर्षक काम र तलबको प्रलोभनमा नेपालबाट श्रम स्वीकृति नलिई नेपालबाहेक अर्को देशमा पुगेर त्यहाँबाट पनि अर्को देशमा जानु हुँदैन । 

अवैधानिक रुपमा विदेश जाँदा निम्न समस्या आईपर्न सक्छन्: 

- दलालहरुबाट ठगीमा पर्ने 

- मानव तस्करी तथा बेचबिखनमा पर्न सक्ने 

- रोजगार पाउनको लागि तोकिएभन्दा धेरै रकम तिर्नुपर्ने 

- भनिएको भन्दा फरक वा जोखिमयुक्त काम गर्नु पर्ने 

- तोकिएको भन्दा कम तलब तथा सेवा सुविधा पाउने 

- पक्राउ वा थुनामा पर्ने सम्भावना 

- दुर्घटना वा अन्य कारणले मृत्यु हुँदा उद्दार गर्न समस्या हुने 

- रोजगारको क्रममा शारिरिक, आर्थिक मानसिक वा अन्य शोषणमा पर्ने जोखिम हुने । 

- वैदेशिक रोजगार वोर्डबाट आर्थिक सहायता नपाउने 

वैदेशिक रोजगार सम्बन्धि सम्पूर्ण जानकारी पाउन 'Baideshik Rojgar' मोवाइल एप डाउनलोड गर्नुहोला 

यस बिषयमा तपाइको प्रतिक्रिया...!