वैदेशिक रोजगार बचतपत्र निष्काशन: कुन देशमा कसलाई सम्पर्क गर्ने ? (सम्पर्क नम्बर सहित)

Posted on: 20 Jun, 2018

नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दैछ, जसको लागि बैंकले सुचना समेत जारी गरेको छ । राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी ५ बर्षे अवधिको बचतपत्र निष्काशन गरेको हो । वैदेशिक रोजगार बचतपत्रमा ब्याजकर सहित वार्षिक १० प्रतिशत ब्याज दिइने र ६–६ महिनाको अवधिमा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । 

देशिक रोजगार बचतपत्र निष्कासन सम्बन्धी सूचना

नेपाल सरकारको तर्फबाट राष्ट्रऋण व्यवस्थापन विभागद्वारा देहाय बमोजिमका विशेषता एवम् व्यवस्था कायम गरी वैदेशिक रोजगार बचतपत्र निष्कासन गरिने भएकोले खरिद गर्न इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि आवेदन दिनुहुन अनुरोध छ ।

१. विशेषताहरु

(क) बचतपत्रको नामः वैदेशिक रोजगार बचतपत्र २०८० (५ वर्षे) ।

(ख) निष्कासन हुने रकमः रु. २५,००,००,०००।– (अक्षरेपि पच्चीस करोड रुपैयाँमात्र) ।

(ग) वार्षिक ब्याजदरः १०.०० प्रतिशत (ब्याजकर लाग्ने) ।

(घ) ब्याज भुक्तानीः ६/६ महिनामा हुने ।

(ङ) खरिद गर्न पाउने सीमाः घटीमा पाँच हजार रुपैयाँ र बढीमा रु. पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म ।

(च) लगानी (खरिद) कर्ताः यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्ने ।

(छ) धितो सम्बन्धी सुविधाः यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने ।

२. बिक्री, निष्कासन र साँवा भुक्तानी 

(क) बिक्री खुला हुने अवधिः २०७५ असार ०१ गतेदेखि २०७५ असार २१ गतेसम्म ।

(ख) निष्कासन मितिः २०७५ असार २७ गते ।

(ग) साँवा भुक्तानी मितिः २०८० असार २७ गते ।

३. ब्याज भुक्तानी सम्बन्धी व्यवस्था

 (क) ६/६ महिनामा प्राप्त हुने ब्याज बचतपत्र खरिदकर्ता आफैले वा इच्छाइएको व्यक्ति मार्फत भुक्तानी लिन सकिने ।

 (ख) आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी ब्याज भुक्तानी लिनको निमित्त आफ्नो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने ।

४. अन्य व्यवस्था

(क) आवेदन फारमः 

आवेदन फारम बिक्री एजेण्ट मार्फत निःशुल्क रुपमा प्राप्त गर्न सकिने । यस बैंकको वेबसाइट https://nrb.org.np अन्तर्गत Public Debt भित्र Foreign Employment Saving Bond नामको फोल्डरबाट पनि डाउनलोड गरी प्रयोग गर्न सकिने ।  

(ख) आवेदन फारम बुझ्ने कार्यालयहरु:

तल उल्लिखित बिक्री एजेण्टका स्वदेश तथा विदेशस्थित कार्यालय ।

(ग) ब्याज भुक्तानी लिने स्थान: 

आफूलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरु ।

(घ) खण्डित अवधिको ब्याजः 

बचतपत्र खरिदको लागि रकम बुझाएकै मितिदेखि निष्कासन मितिभन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको ब्याज रकम तोकिएको ब्याजदरमा भुक्तानी दिइने । 

(ङ) बचतपत्रको किसिमः 

स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र खरिद गर्न सकिने । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने ।

(च) आवेदन साथ पेश गर्नुपर्ने कागजात: 

राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर । परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात । नावालकको नाममा संरक्षक भइ खरिद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र ।

(छ) अस्वीकृत आवेदनकर्ताको रकम भुक्तानी: 

रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रकम बिना ब्याज निष्कासन मिति पश्चात ७ दिनभित्र फिर्ता गरिने ।

(ज) बाँडफाँट सम्बन्धी व्यवस्था: 

खुला बजार सञ्चालन समितिको निर्णय बमोजिम हुने ।

(झ) अन्य व्यवस्था: 

यो बचतपत्र खरिद/बिक्री सम्बन्धी अन्य व्यवस्था प्रचलित ऐन, नियम तथा वैदेशिक रोजगार बचतपत्र सम्बन्धी कार्यविधि, २०६९ तथा खुला बजार संचालन समितिको निर्णय बमोजिम हुने । उक्त कार्यविधि यस बैंकको वेबसाइट https://www.nrb.org.np मा हेर्न सकिने । 

(ञ) थप जानकारीः 

थप जानकारीका लागि काठमाडौंमा यस विभागको फोन नं. ०१–४१०१७१२ वा ०१–४१०१७३९ वा तल उल्लिखित बिक्री एजेण्टहरु वा यस विभागको इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न वा यस बैंकको वेबसाइट ttps://www.nrb.org.np अन्तर्गत Public Debt मा हेर्न सकिने । 

५. वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि आवेदन बुझाउन सकिने बिक्री एजेण्टहरुको नाम : 

१. सिटिजन्स् बैंक इण्टरनेशनल लिमिटेड कमलादी, काठमाडौं । 

सम्पर्क: ००९७७–१–४१६९०६७, ००९७७–१–४१६९०६८

२. एनएमबि बैंक लिमिटेड बबरमहल, काठमाडौं । 

सम्पर्क: ९७७–१–४२४६१६०

३. नबिल बैंक लिमिटेड तीनधारा, दरवारमार्ग, काठमाडौं ।

सम्पर्क: ००९७७–१–४२२७१८१, ००९७७–१–४२२१७१८

४. माछापुछ्रे बैंक लिमिटेड लाजिम्पाट, काठमाडौं 

सम्पर्क: ००९७७–१–४४२८५५६

५. प्रभु बैंक लिमिटेड अनामनगर, काठमाडौं 

सम्पर्क: ००९७७–१–४७८८५००, टोल फ्री नं. १६६००१०७७७७

६. सनराइज बैंक लिमिटेड गैह्रीधारा, काठमाडौं 

सम्पर्क: ००९७७–१–४००४५६०–६२

७. सिद्धार्थ बैंक लिमिटेड हात्तीसार, काठमाडौं । 

सम्पर्क: ००९७७–१–४४४२९१९, ००९७७–१–४४४२९२०

८. सानिमा बैंक लिमिटेड नक्साल, काठमाडौं । 

सम्पर्क: ००९७७–१–४४२८९७९/८०

९. सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पुतलीसडक, काठमाडौं । 

सम्पर्क: ००९७७–१–४००४५६०

१०. प्रभु मनि ट्रान्सफर प्रा.लि. लैनचौर, काठमाडौं । 

सम्पर्क: ००९७७–१–४४४२५६१, ००९७७–१–४४३७८५१

११. सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि. कमलादी, काठमाडौं । 

सम्पर्क: ००९७७–१–४४३१९००, टोल फ्री नं. १६६००१११२१३

१२. आईएमई लिमिटेड पानीपोखरी, काठमाडौं । 

सम्पर्क: ००९७७–१–४४३०६००

१३. सेवा रेमिट प्रा.लि. कुलेश्वर, काठमाडौं । 

सम्पर्क: ००९७७–१–४२८३७२८, ००९७७–१–४६७२३०९/१०

नोटः–

उपरोक्त बिक्री एजेन्टहरुका शाखा कार्यालयहरु मार्फत समेत फाराम बुझाउन सकिनेछ । 

६. बिक्री एजेण्टका नेपाल बाहिरका सम्पर्क व्यक्ति र सम्पर्क नम्बर: 

QATAR: 

Hem Raj Subedi (+97430027026)

Surendra Lamsal (+974-30195497)

Tirtha B. Chhetri (+97466141353) 

Bikash Rimal (+97455305152)

Amit Gurung (+97450698047) 

Birendra M. Adhikari (+97450278132) 

Gopi K. Bhattarai (+97433869667) 

Bikash Ghimire (+97470695404) 

UAE:

Saroj Basnet (+971528683204)

Saroj Singh Maharjan (+971-50-9943654) 

Tanka PD Khanal (+971-55-1937010)

Bishow Neupane (+971555613629) 

Prakash Poudel (+971558067919)

Nabin Poudel (+971551454763)

Sanjeet Jung Singh (+971564067866)

KUWAIT: 

Himansu Lekhak (+96597209826)

JAPAN: 

Dilip Pandit (+817015094928)

Siddhartha Shakya (+80-4142-4121) 

Krishna Pradhan (+80-4782-0890)

SAUDI ARABIA: 

Jeetendra Thapaliya (+966-561871780)

KOREA: 

Bijay Raj Tondon (+821030248382)

Sugriv Khadka (+821021770733)

MALAYSIA: 

Bhaviswor Pangeni (+60-166362406)

Sajan Kumar Sharma (+60-1133090337) 

Bhup Choudhary (+60109007486)

Bhup Choudhary (+60109007486)

IRAQ: 

Suresh NN KC (+964717265373)

INDIA: 

Sunil Mishra (+917042399999)

Sunil Mishra (+917042399999)

Bobby Raj Mulmi (+919702998744)

Puskar Dutta Bhatta (+917045165632)

USA: 

Rajendra Bhattachan (+17186516060)

ISRAEL: 

Sagun Rai (+972549288928)

यस बिषयमा तपाइको प्रतिक्रिया...!