अष्ट्रेलिया उडिन् गायिका समीक्षा अधिकारी

Posted on: 09 Mar, 2023

फागुन २५, काठमाडौँ | गायिका समीक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । साँगीतिक कार्यक्रमका लागि उनी केही दिन अगाडि अष्ट्रेलिया उडेको उनका भिनाजु सुवास खत्रीले बताए । अष्ट्रेलिया उनको केही कार्यक्रम तय भएको छ । जसमा उनले आफ्नो नयाँ तथा पुराना चर्चित गीत गाउनेछिन् ।


बुधबार साँझ सामाजिक सञ्जाल टिकटकमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा विदाई गरेको भिडियो बाहिरिएको थियो ।  भिडियोमा दिदी शर्मिला अधिकारीसँगै उनी पनि रहेकी छन् । ‘नाई नभन्नु ल ५’ को चर्चित गीत ‘बालापनको उमेर’ बाट व्यावसायिक गायन यात्रा सुरु गरेकी समीक्षाले थुप्रै हिट गीत दिएकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!