चितवनको सौराहामा लगानगाँठो कस्दै सुरक्षा र मानव

Posted on: 09 Mar, 2023

फागुन २५, काठमाडौँ | अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी आज विवाह बन्धनमा बाँधिदैछन् । चितवनको सौराहामा उनीहरुको बैवाहिक समारोह आयोजना गरिएको छ । उनीहरुको विवाहमा सिमित फिल्मकर्मी साथीभाई र आफन्त निम्त्याइएको छ ।


दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । केही अगाडि विवाह गर्ने सार्वजनिक गरेका दुबैले बुधबार इन्गेजमेन्ट गरेका थिए । जसको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

सुरक्षाले आमा, गोपी, अझैपनि, रोमियो, चङ्गाचेट लगायत थुप्रै फिल्म अभिनय गरेकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!