‘भगवत् गीता’मा विपिन कार्की अनुबन्धित

Posted on: 18 Jan, 2023

माघ ५, काठमाडौँ | झरना थापाको निर्देशनमा निर्माण हुन लागेको ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् ।

निर्माण कम्पनी र अभिनेता कार्कीबीच बुधवार कागजी सम्झौता भएको हो ।


चलचित्रका लागि सुहाना थापा र धिरज मगर यसअघि नै अनुबन्धित भइसकेका छन् । उनीहरूसँगै चलचित्रमा विपिनको पनि शीर्ष भूमिका रहने भएको हो । 

चलचित्रको माघ २० गतेदेखि छायांकन सुरु गर्ने तयारी गरिएको निर्माता सुनिलकुमार थापाले जानकारी दिए । 

जनकपुर र मनाङ आसपासमा चलचित्रको छायांकन गरिनेछ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई आगामी वैशाख १ गते रिलिज गर्ने घोषणा यसअघि नै गरि सकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!