'अवतार' का निर्देशक जेम्स क्यामरूनले गरे 'आरआरआर'को तारिफ

Posted on: 16 Jan, 2023

माघ २, काठमाडौँ | दक्षिण भारतीय चर्चित निर्देशक एसएस राजामौली यतिबेला आफ्नो फिल्म 'आरआरआर' लिएर चर्चामा छन्। उनी आफ्नो फिल्म ‘आरआरआर’ लिएर विभिन्न देश पुगिरहेका छन्। यसै क्रममा राजामौलीले ‘अवतार‘का निर्देशक जेम्स क्यामरूनलाई भेटेका थिए।

उक्त भेटमा जेम्सले ‘आरआरआर’ को तारिफ गरेका थिए। निर्देशक राजामौलीले आफ्नो खुशी सामाजिक सञ्जालमा सेयर गरेका छन्। जेम्स क्यामरूनले 'आरआरआर' मन परेको बताउँदै आफ्नी पत्नी सुजीसँग दोस्रो पटक फिल्म हेरेको निर्देशक राजामौलीले उल्लेख गरेका छन्। ‘सर, मलाई अहिलेसम्म विश्वास लागिरहेको छैन कि तपाईंले हाम्रो फिल्मको १० मिनेटसम्म विश्लेषणा गर्नुभयो। तपाईंले भनेजस्तै म दुनियाँको सबैभन्दा उच्च स्थानमा छु, तपाईंहरूलाई धन्यवाद,’ उनले लेखेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!