पुष्पा २ बाट रश्मिका रिप्लेस हुन लागेकी हुन् त ?

Posted on: 13 Jan, 2023

पुस २९, काठमाडौँ । विगतमा पुष्पा २ बाट रश्मिका मन्डानालाई रिप्लेस गरेको खबर बाहिर आएको थियो । रश्मिकालाई फिल्मको दोस्रो भागबाट हटाइएको समाचार व्यापक फैलिएको थियो । उनले रिलेप्सको अफवाह फैलाइएको भनेर प्रतिक्रिया दिएकी छन् ।

गाल्टा प्लसलाई दिएको एक अन्तर्वार्तामा रश्मिकाले भनेकी छन्, ‘फिल्मबाट मलाई रिप्लेस गरेका धेरै समाचार आइरहेका छन् । तर, त्यस्तो होइन । फिल्मको छायाँकन सुरु गर्न पाउँदा म निकै उत्साहित छु । अर्को महिनादेखि फिल्मको छायांकन सुरु गर्छु भन्ने लागेको छ । यो फिल्म पहिलो भागभन्दा ठूलो र राम्रो हुनेछ। फिल्मको दोस्रो हाफ निकै रोचक रहेको सुनेको छु ।’


रश्मिकाले ‘पुष्पाः द राइज’ मा श्रीवल्लीको भूमिकामा न्याय गरेकी थिइन् । फिल्ममा अल्लु अर्जुनसँगको उनको केमेस्ट्री निकै रुचाइएको थियो । हालसालै आएका खबरअनुसार निर्माताहरूले साई पल्लवीलाई दोस्रो भागको लागि सम्पर्क गरेका थिए । तर, अहिले रश्मिकाले यी खबरलाई पूर्णविराम लगाएकी छन् ।

पुष्पा २ मा रामचरणको इन्ट्री

मिडिया रिपोर्टका अनु्सार फिल्मका निर्देशक सुकुमार रामचरणलाई पुष्पा २ मा कास्ट गर्न चाहन्छन् । यी दुईले यसअघि रंगस्थलममा सँगै काम गरेका थिए, जुन बक्स अफिसमा ब्लकबस्टर सावित भयो । तर, अहिलेसम्म निर्माताले रामचरणको क्यामियोको बारेमा कुनै आधिकारिक घोषणा गरेका छैनन् ।

दोस्रो भागको बढ्यो बजेट

निर्माताले १९४ करोडको बजेटमा पहिलो भाग बनाएका थिए । जबकि दोस्रो भागका लागि निर्माताले ४५० करोडभन्दा बढी लगानी गरिरहेका छन् । मैत्री फिल्म मेकर्सले पनि यसपटक हिन्दी डबिङ राइट्स लिएको छ ।

‘पुष्पाः द राइज’ बक्स अफिसमा ब्लकबस्टर

पुष्पा फिल्म गत वर्ष डिसेम्बर १७ मा रिलिज भएको थियो । यसमा अल्लु अर्जुन ‘पुष्पराज’ र रश्मिका मन्दाना ‘श्रीवल्ली’को भूमिकामा देखिएका थिए । यो फिल्मलाई फ्यानहरुले निकै रुचाएका छन् । यो फिल्म मूल रूपमा तेलुगुमा छायांकन गरिएको थियो र पछि हिन्दीलगायत अन्य भाषाहरूमा डब गरिएको थियो ।

पुष्पा १ को विश्वव्यापी कलेक्सन ३५० करोडभन्दा बढी थियो । यही कारण पार्ट २ को लागि निर्माताहरु निकै उत्साहित छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!