घाइते भए अभिनेता कार्तिक आर्यन

Posted on: 10 Jan, 2023

पुस २६, काठमाडौँ | बलिउड अभिनेता कार्तिक आर्यन घाइते भएका छन्। आगामी फिल्म 'शहजादा' को छायांकनको क्रममा उनको घुँडामा चोट लागेको हो। कार्तिकले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। 'घुँडामा चोट लाग्यो। आइस बकेट च्यालेन्ज २०२३ सुरू भयो,' उनले लेखेका छन्। 

उक्त तस्बिरमा उनी आइस बकेटमा खुट्टा राखिरहेको देख्न सकिन्छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको घुँडामा सामान्य चोट लागेको छ। फ्यानले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्। 


कार्तिक फिल्म ‘शहजादा’ बाट निर्माता बन्दैछन्। पर्याप्त बजेट नभएपछि फिल्मको छायांकन रोकिन लागेको थियो। त्यसैले कार्तिक पनि निर्माण टिममा सामेल भएका हुन्। 

यो फिल्म अल्लु अर्जुन र पूजा हेगडे अभिनीत फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो। फिल्ममा दुई बच्चा जन्मँदै साटिएको र धनी परिवारको बच्चा गरिब परिवारमा साटिँदा आउने उतारचढावलाई देखाइएको छ। 

रोहित धवन निर्देशित फिल्म ‘शहजादा’ मा कार्तिकसँगै कृति सेनन र मनिषा कोइरालाको पनि मुख्य भूमिका रहेको छ। यो फिल्म १० फेब्रुअरीमा रिलिज हुनेछ। योसँगै कार्तिक ‘क्याप्टेन इन्डिया’ र ‘सत्यप्रेमकी कथा’ मा पनि देखिनेछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!