फेब्रुअरी ६ मा विवाह गर्दै सिद्धार्थ र कियारा

Posted on: 01 Jan, 2023

पुस १७, काठमाडौँ | बलिउड क्षेत्रमा निकै चर्चा र माया कमाएकाे अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीकाे जाेडी अब छिट्टै विवाह बन्धनमा बाधिने भएकाे छ।


लामाे समयदेखि एक अर्कासँग सम्बन्धमा रहेपनि मिडियामा सूचना आउन नदिएकाे याे गुपचुप जाेडी आगामी फेब्रुअरी ६ मा विवाह बन्धनमा बाधिने भएकाे हाे।

भारतीय सञ्चारमाध्ययमका अनुसार उनीहरूले सन् २०२३ काे फेब्रुअरी ६ तारिखमा राजस्थानमा विवाह गर्ने पक्का गरेका हुन्। उनीहरूले आफ्नो डेस्टिनेशन वेडिङका लागि राजस्थानकको जैसलमेर चुनेका छन्।

सन् २०१८ मा पहिलोपटक यी दुईबीच ‘लस्ट स्टोरिज’ फिल्मको पार्टीमा पहिलोपटक भेट भएको थियो। फिल्म ‘शेरशाह’मा यी दुईको अनस्क्रिन केमेस्ट्री जीवन्त प्रतिविम्बित भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!