मिस युनिभर्समा भाग लिन अमेरिका प्रस्थान गरिन् सोफिया

Posted on: 01 Jan, 2023

पुस १७, काठमाडौँ | मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्‍यो ।


अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू उत्साहित रहेको बताइन् । ‘म आफ्नो उत्कृष्ट प्रस्तुति मिस युनिभर्सको स्टेजमा दिनेछ,’ उनले भनिन्, ‘आफ्नो तयारीप्रति ढुक्क छु ।’

मिस युनिभर्स नेपालको आयोजक टिम पनि ‘मिस युनिभर्स’को ७१ औं श्रृंखलाको ताज नेपाल भित्रिनेमा आशावादी देखिएको छ । पेजेन्टमा सोफियाले नेपाली संस्कृति झल्किने कस्ट्युम तयार पारेकी छन् ।

यसपकको मिस युनिभर्सको प्रतिस्पर्धा अमेरिकाको लुसियानास्थित न्यु अर्लियन्समा हुँदैछ । जनवरी १४ मा हुने फिनालेमा ८५ भन्दा बढी देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

सोफियाले आफूलाई साथ दिन सबै नेपालीसँग आग्रह पनि गरेकी छिन् । गत अगस्टमा काठमाडौंको याक एण्ड  यति होटलमा भएको प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’को ताज जितेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!