परिजिता बाँस्तोला अमेरिकी संस्करणको ‘द भ्वाइस’बाट बाहिरिइन्

Posted on: 07 Dec, 2022

मङ्सिर २१, काठमाडौँ | नेपालीमूलकी परिजिता बाँस्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुंगिएको छ । नेपाली समयानुसार आज बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए ।


सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चारजना प्रतियोगीलाई जजले ‘इस्ट्यान्ट सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए ।

परिजिताले आकर्षक गीत गाइन् पनि तर, कम भोटको आधारमा उनी बाहिरिनुपर्‍यो । मोर्गन माइल्ज, ब्रीस लेदरउड, ब्राइडन लेप, ओमार जोस कार्डोना अन्तिम पाँच अर्थात पाँचमा प्रवेश गरे । यी पाँचमध्ये एकले द भ्वाइसको उपाधि जित्नेछन् ।

द भ्वाइसको फिनाले नेपाली क्यालेन्डरअनुसार मंसिर २६ र २७ गते हुँदैछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!