के प्रेममा छन् र्‍यापर लाउरे ?

Posted on: 14 Nov, 2022

कात्तिक २८, काठमाडौं | युवापुस्तामाझ लोकप्रिय छन् लाउरे अर्थात र्‍यापर तथा अभिनेता आशिष राना । केही अगाडि लागुऔषध मुद्दामा मुछिएका उनी त्यसबाट छुटकारा पाएपछि भने संगीतिक क्षेत्रमा रमाइरहेका छन् ।


बेलाबेलामा नयाँ गीतमार्फत दर्शक स्रोतासँग जोडिने गरेका उनी पछिल्लो समय हायात लिम्बू नामकी एक युवतीसँग नजिक छन् । सामाजिक सञ्जालमा उनको प्रेम सम्बन्धको कुराले चर्चा समेत पाएको छ । लिम्बुसँग उनले बनाएको टिकटक भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

टिकटकमा हायात र लाउरेले रोमान्टिक भिडियो बनाएका छन् । जसबाट उनीहरू मायामा रहेको अनुमान गर्न सकिन्छ । एक भिडियोमा हायातले क्याप्सनमा लभ रियाक्ट गर्दै लाउरेलाई समेत मेन्सस गरेर पोष्ट गरेकी छन् । जसबाट पनि उनीहरुबीच प्रेम रहेको अनुमान लगाउन जो कोहीलाई पनि गाहे पर्दैन । भिडियोको कमेन्टमा धेरैले राम्रो जोडी भनेका छन् भने कतिपयले बधाई समेत दिएका छन् । 

यो टिकटक भिडियो मात्र हो वा रिलेशनसिप । यस विषयमा लाउरेको भने आधिकारीक धारणा आउन बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!