जिम वर्कआउट गर्दा गर्दै हृदयघात भएर अभिनेता सिद्धान्तको मृत्यु

Posted on: 12 Nov, 2022

कात्तिक २६, एजेन्सी | भारतीय चर्चित टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको ४६ वर्षको उमेरमा मृत्यु भएको छ । मुम्बईको एक जिममा कसरत गर्ने क्रममा शुक्रबार सिद्धान्तलाई हृदयाघात भएको र त्यसपछि उनलाई अस्पताल लगिएको थियो । करिब १ घण्टाको उपचारपछि १२ बजेर ३१ मिनेटमा चिकित्सकको टोलीले उनलाई मृत घोषणा गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सिद्धान्तले करियर मोडलको रुपमा सुरु गरेकी हुन् । उनले टेलिभिजन सिरियल 'कुसुम' बाट डेब्यु गरेका थिए । यस बाहेक उनले थुप्रै चर्चित सिरियलहरु जस्तै 'कसौटी जिंदगी की', 'कृष्ण अर्जुन', 'क्या दिल मे है' 

जस्ता टिभी शोहरूमा काम गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!