उपासनाको पहिरनले धार्मिक आस्थामाथि अपमान भएको आरोप

Posted on: 08 Nov, 2022

कात्तिक २२, काठमाडौँ । आगामी फिल्म ‘डिसेम्बर फल्स’को गीत छायांकनमा लगाएको पहिरनलाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् । उपासनाको कस्टयुम यतिबेला इन्स्टाग्राम र टिकटकमा चर्चा र विवादको विषय बनेको छ ।

May be an image of 7 people, people sitting, people standing and outdoorsMay be an image of 2 people, people sitting and outdoors

‘चार घण्टा कुरेको’ बोलको उक्त गीत सप्ताहन्तमा भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको थियो । उपासनाले पहिरिएको गाउनमा मन्दिर, बौद्धनाथ स्तुपा (स्वयम्भू) र अन्य धार्मिक सम्पदालाई चित्रण गरिएको छ ।

उपासनाको यो पोष्टमा फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रामक देखिएका छन् । उनीहरुले उपासनाको उक्त पहिरनले धार्मिक आस्था र विश्वासमा प्रहार गरेको र धर्म र सम्पदाको अपमान भएकोदेखि गीतको कन्सेप्टसँग कस्ट्युम नमिलेको भन्दै आपत्ति जनाएका छन् । यो गीतमा उपासनाले आर्यन सिग्देलसँग अनस्क्रिन रोमान्स गरेकी छन् भने पुस १५ गते फिल्म रिलिज हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!