महजोडी अभिनित चलचित्र ‘महापुरुष’ को १० दिनको कमाइ साढे ६ करोड

Posted on: 07 Nov, 2022

कात्तिक २१, काठमाडौँ | महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र ‘महापुरुष’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । प्रदर्शनको १० दिनसम्म फिल्मले साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन् ।

दोस्रो सप्ताहन्तमा समेत फिल्मले राम्रो कमाइ गर्न सक्यो । पहिलो साता साढे ५ करोड ग्रस कमाइ गरेको फिल्मले दोस्रो सप्ताहन्तमा आक्रामक अकुपेन्सी लिएको थियो । आइतबार समेत फिल्मले सुखद् अकुपेन्सी हासिल गर्‍यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!