आलिया भट्टले छोरीलाई जन्म दिइन् !

Posted on: 06 Nov, 2022

कात्तिक २०, काठमाडौँ | आलिया भट्टले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा छोरीलाई जन्म दिएकी छन् । यो खबर रणवीरकी बहिनी रिद्धिमा कपुर साहनीले पुष्टि गरेकी हुन् । मिडिया रिपोर्टका अनुसार भट्टलाई उनका पति रणवीर कपूरले बिहान अस्पताल लगिएका थिए।


आलिया भट्टले जुन २७ मा एक मनमोहक पोस्टमार्फत आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् । पाँच वर्ष रिलेसनसिपमा बसेपछि यस वर्षको वैशाख महिनामा रणवीर र आलियाको विवाह भएको थियो । उनले आफ्ना पति रणबीर कपूरसँगको अल्ट्रासाउन्ड साउन्ड स्क्रिनमा हेर्दा आफूसँगको तस्विर सेयर गरेकी थिइन् । उनले पोस्टको क्याप्शनमा लेखेकी  थिइन् , "हाम्रो बच्चा ... चाँडै आउँदैछ ।" 

यस बिषयमा तपाइको प्रतिक्रिया...!