करणको गीति एल्बम द काइट्स सार्वजनिक

Posted on: 13 Aug, 2022

साउन २८, काठमाडौँ | नवगायक करण राईको पहिलो गीति एल्बम‘द काइट्स’ सार्वजनिक भएको छ । राजधानीमा गायक गणेश रसिक, गायक राजेशपायल राई, अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि, गीतकार तथा निर्देशक प्रकाश आङ्देम्बेले एलबम सार्वजनिक गरे ।


एल्बम सार्वजनिक गरेपछि करणले दुई गीत ‘रानी हो’ र ‘चङ्गा’ व्याण्डका साथ गाउका थिए । बाल्यकालदेखि नै गीत संगीतमा चासो राख्ने करण अमेरिकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याएका हुन् ।

एल्बममा ९ गीत समावेश छन् । एल्बमको एक गीत ‘फुलै राम्रो’ मा करणलाई गायिका मेलिना राईले साथ दिएकी छन् । गीतहरुमा प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डु«क्पा र सपना भुजेलको शब्द छ । त्यस्तै देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत छ । सबै गीतहरुको एरेञ्ज गायक तथा संगीतकार देबेशले नै गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!