गायिका मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

Posted on: 05 Aug, 2022

साउन २०, काठमाडौँ | गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् ।

संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पारेकी छन् । ‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो,’ उनी लेख्छिन् ।

सञ्जिव बराइलीसँग विवाह गर्दै मेलिना राई

‘समय छोटो भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन,’ उनले लेखेकी छिन् ।

आजकै मितिदेखि इन्गेजमेन्ट तोडिएको सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै उनले शुभचिन्तकमा पर्न गएको असरप्रति क्षमाप्रार्थी भएको जनाएकी छन् । भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाट देशको सेवा गर्ने उनले बताएकी छन् ।

गत वैशाख २ गते सञ्जीव र मेलिनाले आफूहरुले इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका थिए । एरेन्जर तथा गिटारिस्ट समेत रहेका सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट गरिसकेका थिए । उनीहरुले यसै वर्ष विवाह गर्ने योजना समेत बनाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!