गायक राजु लामाले गरे सगरमाथा आरोहण

Posted on: 16 May, 2022

जेठ २, काठमाडौँ । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए ।

इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।


उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागि थिए ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् । साथै ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए ।

जलवायु संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरोजस्ता प्राकृतिक विपतले ल्याएको जोखिमबारे आफूले हिमाल बढेको लामाले बताएका थिए ।

लामा चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट समेत हुन् भने उनी पछिल्लो समय वातावरणीय अभियानमा सक्रिय छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!