छिटै रिलिज हुने भनिएको अक्षय कुमारको फिल्म पृथ्वीराज चर्चामा

Posted on: 12 May, 2022

वैशाख २९, काठमाडौँ | बलिउड अभिनेता अक्षय कुमारको फिल्म पृथ्वीराजको रिलिजलाई लिएर चर्चामा छ । दर्शकले लामो समयदेखि फिल्म पृथ्वीराजको ट्रेलरको प्रतिक्षा गरेका थिए । चलचित्रको ट्रेलर सार्वजनिक भएसंगै चलचित्रलाई लिएर दर्शकमा उत्साह बढेको छ । फिल्म ३ जुन २०२२ मा सिनेमाघरहरूमा रिलिज हुने भएको छ।


फिल्मको ट्रेलरमा अक्षय कुमार र मानुषी छिल्लर देखिएका छन् । चलचित्र धेरै अघि रिलिज हुने भनिएको थियो तर कोरोना महामारी र लकडाउनका कारण चलचित्रको मिति पटक पटक सारिएको छ । अक्षय कुमारको फिल्म ‘पृथ्वीराज’ घोषणाको समयदेखि नै चर्चामा छ । विवादमा फसेको फिल्म अहिलेसम्म रिलिज हुन सकेको छैन ।

जसलाई उद्धृत गर्दै सुदर्शन न्युजका प्रधान सम्पादक सुरेश चव्हाणकेले ट्विट गर्दै लेखेका छन्, ‘अक्षय जी, यो फिल्मको नाममा ‘सम्राट’ थपेर सम्राट पृथ्वीराज बनाउनुहोस्, जसरी तपाईंले पाठमा लेख्नुभएको छ । पृथ्वीराजलाई मात्र लेख्नु भनेको संसारकै महान् सम्राटको घोर अपमान हो । पृथ्वीराज होइन, सम्राट पृथ्वीराज।

त्यसपछि फिल्मलाई लिएर सामाजिक सञ्जालमा विवाद सुरु भएको छ । एक प्रयोगकर्ताले यो फिल्ममा अरु पनि धेरै गल्ती भएको लेखेका छन्, फिल्म हेरेपछि थाहा हुन्छ कि मुगलहरुको तारिफ भएको हो कि पृथ्वीराज जीको । यसबाहेक एक जनाले लेखेका छन् कि चक्रवर्ती सम्राट भनेर कसलाई चिनिन्छ ? जसले सारा पृथ्वीलाई आफ्नो राज्यमा राख्छ।


फिल्ममा अक्षय कुमार सम्राट पृथ्वीराज चौहानको भूमिकामा देखिएका छन् भने मानुषी छिल्लर राजकुमारी संयोगिताको भूमिकामा देखिएका छन् । फिल्म हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा रिलिज हुँदैछ । फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । सामाजिक सञ्जालमा यो फिल्मको ट्रेलरलाई मानिसहरुले निकै तारिफ गरिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!