विवाहलगत्तै एक्लै अमेरिका उडिन् केकी अधिकारी

Posted on: 02 May, 2022

वैशाख १९, काठमाडौँ | गोप्य तरिकाले गर्ने भनिएको केकी अधिकारीको विवाहले अझ बढी चर्चा पायो । केकी आफैंले तस्विर सार्वजनिक गर्दै विवाह गरेको जानकारी दिइन् । उनले एक व्यवसायी रोहित तिवारीसंग लगनगाँठो कसेकी हुन् । 

तर, विवाह लगत्तै उनी अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् ।अमेरिकामा हुन लागेको मेरो डान्स कप र मेरो भोइस कपको छायांकनका लागि उनी अमेरिका उडेकी हुन् ।

विवाह पश्चात् श्रीमान् संग समय बिताउनुको साटो उनी काममा फर्किएकी छिन् । यस विषयमा ठट्यौली पारामा केकीले भनेकी छिन् – ‘सुटिङको ग्यापमा समय निकालेर मैले विवाह गरेको हो ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!