पल शाहलाई भेट्न कारागार नै पुगे दुर्गेश थापा

Posted on: 02 May, 2022

वैशाख १९, काठमाडौँ | गायक दुर्गेश थापाले कारागारमा नै पुगेर बलात्कार आरोपी अभिनेता पल शाहलाई भेटेका छन् । पललाई भेट्न दुर्गेश तनहुँको कारागार पुगेका हुन् ।

यसअघि यो प्रकरणमा दुर्गेशले नाबालिग गायिकालाई उचालेको आरोप लाग्दै आएको थियो । पलले समेत आफूलाई दुर्गेशसहित केही साथीले फसाएको बताएका थिए ।

तर, दुर्गेशले बारम्बार आफ्नो यसमा केही भूमिका नभएको र आफूले कसैलाई नउस्काएको बताएका छन् । उनले अदालतमा पललाई सहयोग हुने गरि बयान पनि दिएका थिए । 

पहिले सम्बन्ध चिसिएको भनिए पनि पललाई सहयोग पुग्ने बयान दुर्गेशले दिएपछि उनीहरुबीच सम्बन्ध सुधार भएको हुनसक्ने अनुमान गरिएको छ । बाग्लुङ जाने समयमा दुर्गेशले सपरिवार पल शाहलाई भेट्न पुगेका हुन् ।यो भेटपछि आफूहरुको सम्बन्धमा कुनै चिसोपना नआएको पनि दुर्गेशले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!