गायिका समीक्षाले लेखिन्– तिम्रो लागि हार्न सक्छु

Posted on: 28 Apr, 2022

वैशाख १५, काठमाडौँ | गायिका समीक्षा अधिकारी दुई महिना ११ दिनपछि सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार आफूले माया गर्ने व्यक्तिका लागि जे पनि गर्न तयार भएको अभिव्यक्तिसहित सामाजिक सञ्जालमा ‘कमब्याक’ गरेकी हुन् ।

 गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेकी छिन्  । 

“तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु

तिम्रो लागि आफैँलाई दुःखमा पार्न सक्छु

“तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म

त्यसैले तिम्रो लागि सधैँ म हार्न सक्छु ।” उनले फेसबुकमा लेखेकी छन् ।

गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् । 

उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ । साथै, जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् । उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् ।

                                                  

यस बिषयमा तपाइको प्रतिक्रिया...!