अक्षय कुमारले किन मागे फ्यानहरुसँग माफी ?

Posted on: 25 Apr, 2022

वैशाख १२, काठमाडाैं | चर्चित बलिउड सुपरस्टार अक्षय कुमार बलिउडका सबैभन्दा अनुशासित स्टारको रुपमा चिनिन्छन् । जहाँ पनि समयमै पुग्ने, स्वास्थ्यमा अत्याधिक ध्यान दिने र सामाजिक सेवामा पनि लागि पर्ने बलिउडका खेलाडी कुमारले हालै भने आफ्ना फ्यानहरुसँग माफि माग्नु परेको छ ।

त्यो पनि एउटा विज्ञापनको विषयलाई लिएर । वास्तवमा कुरो के हो भने अक्षयले हालै मात्र पान मसला बेच्ने एउटा कम्पनीको लागि इलाईचीको विज्ञापन गरेका थिए । उक्त विज्ञापनमा अक्षयसँग शाहरुख खान र अजय देवगन पनि थिए ।

यधप्पी पान मसला गुटखा, चुरोट आदीको खुलेर खण्डन गर्ने गरेका अक्षयले आँफै एक पान मसला कम्पनीको विज्ञापन गरेको भन्दै उनको सामाजिक संजालमा खुब आलोचना हुन पुग्यो । उनी ट्रोलको शिकार पनि भए । तत्त पस्चात उनले आफूबाट गल्ती भएको भन्दै फ्यानहरुसँग माफी मागेका हुन् ।

उनले उक्त कम्पनीमार्फत प्राप्त पारिश्रमिक पनि कुनै एउटा राम्रोकामको लागि दान गरिदिने र अब आइन्दा यस्तो गल्ती नदोहोर्याउने पनि घोषणा गरेका छन् ।

सामाजिक संजालमा उनी लेख्छन् , ‘मलाई माफ गरिदिनुहोस्, मेरा फ्यान र मेरा सबै शुभचिन्तकहरुसँग म माफी माग्न चाहन्छु । पछिल्लो केही समयमा तपाईंहरुले दिएको प्रतिकृयाले मलाई अत्यन्तै प्रभावित पारेको छ । मैले कहिल्यै पनि तम्बाकुको प्रचार गर्ने गरेको छैन र आगामी दिनमा पनि गर्ने छैन । तपाईंहरुको भावनालाई कदर गर्दै म यो भन्न चाहन्छु कि मैले केवल उक्त कम्पनीको इलार्इचीको प्रचार गरेको हुँ तर पनि मैले अब उक्त कम्पनीसगँ कुनै पनि कामको लागि नजोडीने निर्णय गरेको छु । मैले हालैको विज्ञापनबाट प्राप्त सबै पारिश्रमिक पनि दान गर्ने निर्णय गरेको छु । मैले उक्त कमपनीसँग गरेको सम्झौताको आधारमा उक्त विज्ञापन केही समयसम्म प्रसारण भने भइराख्ने छ तर आगामी दिनहरुमा यस्ता निर्णय गर्नुपूर्व एकदमै होस् पुर्याउने छु ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!