पल शाहको मुद्दामा कैफियत प्रतिवेदन मगाउने उच्च अदालत पोखराको आदेश

Posted on: 30 Mar, 2022

चैत १६, पोखरा । उच्च अदालत पोखराले एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । साधारण तारेखको माग गर्दै परेको मुद्दामा न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले यस्तो आदेश दिएको हो ।

जिल्ला अदालत तनहुँले १० चैतमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

आदेशविरुद्ध मंगलबार शाहले उच्च अदालत पोखरामा निवेदन दिएका हुन् । निवेदनमा थुनामा राख्नका लागि तनहुँ जिल्ला अदालतले दिएको आदेश आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएकाले थुनामुक्त गरी साधारण तारेखमा राखेर अनुसन्धान गर्न माग गरिएको छ ।

नाबालिग गायिकाले ११ फागुनमा सुटिङका क्रममा चिनजान भएसँगै विवाह गर्ने भनी प्रेमको झुटो आश्वासन दिएर शाहले आफूलाई पटक-पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!