'नेपाल आइडल'को निर्णायकहरु परिवर्तन

Posted on: 20 Aug, 2021

साउन ४, काठमाडौँ | चर्चित रियालिटी शो 'नेपाल आइडल'को चौथो सिजनका लागि निर्णायकहरु हेरफेर भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शोको नयाँ निर्णायकमा गायक तथा संगीतकार शम्भुजित बासकोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान आएका हुन् ।

यसअघि 'नेपाल आइडल'को शोमा संगीतकार न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी र गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले निर्णायकको भूमिका निभाउदै आएका थिए ।


'नेपाल आइडल' को चौथो सिजनमा टिकटक स्टारका रुपमा परिचित मोडल रेश्मा घिमिरे होस्टका रुपमा जोडिने भएकी छन् । सीजन-३ सम्मका निर्णायक न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध हुने भएको कारण व्यवस्थापन समितिले नेपाल आइडल सीजन-४ का लागि नयाँ निर्णायक टीम चयन गरेको जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!