सुनको भाउ घट्यो, कति छ बजार मूल्य ?

Posted on: 01 Aug, 2021

साउन १७, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार १ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ३ सयले नै घटेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढेर १३ सय २० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३१ रुपैयाँ ५ण् पैसा कायम गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!