गायक जीवन ढुङ्गेल र उषा दाहालको 'बटुवा' सार्वजनिक

Posted on: 08 Apr, 2021

चैत २६, काठमाडौँ  । गायक तथा संगीतकार  जीवन ढुङ्गेल र उषा दाहालको आवाजमा रहेको गीत 'बटुवा' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बुधबार ओआरएस डिजिटल यूट्यूब च्यानलमार्फत उक्त गीत ) सार्वजनिक भएको हो । 

मोहन खड्काको शब्द रहेको गीतमा गायक ढुङ्गेलको संगीत रहेको छ भने भिडियोको निर्देशन राज केपीले गरेका छन् ।  गीतमा प्रथम क्षेत्री र समिक्षा केसी र गायक ढुङ्गेलको अभिनय रहेको छ ।  गीतमा 'बटुवा' भएर आफ्नो मायालूको घर पुगेको कुरालाई देखाएको छ । 

प्रेमलाई उकृष्ट ढंगबाट प्रस्तुत गरिएको गीतमा मागी बिहे, भागी बिहे उल्लेख गरिएको छ । भिडियोमा प्रथम र समीक्षा रोमान्स देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो : 



यस बिषयमा तपाइको प्रतिक्रिया...!