यसरी हुँदै छ श्वेता खड्काको विवाह (फोटो फिचर)

Posted on: 07 Dec, 2020

मंसिर २२, काठमाडौँ | आज नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् | उनी धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्ने भएकी हुन् |

विवाह काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा हुने भएको हो | उनले आफ्नो फेसबुक अकाउन्टमा आफ्नो मेहेन्दी कार्यक्रमका केही तस्बिर सार्वजनिक गरेकी छिन् | फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘ मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म...’

नायिका स्वेता खड्काले चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी  हुन् | नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते उनले विवाह गरेकी थिइन् | तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो | स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् |




यस बिषयमा तपाइको प्रतिक्रिया...!