अभिनेत्री श्वेता खड्का धनगढीका विजयेन्द्रसँग विवाह गर्दै

Posted on: 03 Dec, 2020

मंसिर १८, काठमाडौँ | अभिनेत्री श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन | उनको विवाह धनगढीका विजयेन्द्र सिंह रावतसँग हुने भएको हो | मंसिर २२ गते हुने विवाहका लागि  निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ  |

उनको विवाह  गोकर्ण फरेष्ट रिसोर्टमा हुने भएको छ | नायिका स्वेता खड्काले चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी  हुन् | नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते उनले विवाह गरेकी थिइन् |

तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो | स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!