केशब घिमिरे र सरिता पौडेलको मागी बिबाह बजारमा

Posted on: 26 Apr, 2018

बैशाख १३, पोखरा | नयाँ बर्षको  अवसर पारेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरे र सरिता पौडेलको पन्चेबाजाको गीत मागी बिबाह बजारमा ल्याएका छन् । 


केशब घिमिरे र सरिता पौडेलको स्वर रहेको यस गितमा शव्द तथा लय केशव घिमिरे को रहेको छ । 

तिजे गायक भनेर चिनिएका घिमिरेका करिब २०० भन्दा बढी गीतहरु बजारमा आइसकेका छ्न । बिशेष गरि मौलिक ,समाज सुहाउदो र यथार्थपरक गित गाउने घिमिरे यस गितले सफलता पाउने कुरामा आशाबादी रहेका छन् । 

उत्पादक तथा बितरक चन्दन युजिक रहेको गीत मागी बिबाहमा छायांकन,निर्देशन दुर्गा पौडेलले गरेका छन भने अभिनय दिपासा बिसि र रमेश ढकाल (हरि) को रहेको छ । लामो समय देखी लोक संगीतमा निरन्तर लागिरहेका केशब घिमिरे लोक दोहोरी गित प्रतिस्ठान धौलागिरी अञ्चलका उप महासचिव र चन्दन म्युजिकका प्रबन्ध निर्देशक हुन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!